दफा २१७
अंशबण्डाको लिखतमा खुलाउनु पर्ने कुराहरू
अंशबण्डाको लिखतमा देहायका कुराहरू खुलाउनु पर्नेछ :
(क) अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम,
(ख) अंशियारहरूले पाउने सम्पत्ति,
(ग) अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम,
(घ) बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सोकुरा,
(ङ) बण्डा गर्नु पर्ने सम्पत्ति कुनै अंशियारले नलुकाए वा नछिपाएको कुरा,
(च) बाबु आमा वा पति पत्नीको शेषपछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण,
(छ) कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा,
(ज) अन्य आवश्यक कुराहरू ।